मेस्सीलाई आ–आफ्नो क्लबमा भित्रयाउन होडबाजी

एजेन्सी

शनिबार, १३ भदौ २०७७, ०७ : ५८
मेस्सीलाई आ–आफ्नो क्लबमा भित्रयाउन होडबाजी

एजेन्सी । हालसालै बार्सिलोना क्लबबाट अलग भएका मेस्सीलाई तान्न अहिले विभिन्न क्लब बिच होडबाजी जस्तै चल्न थालेको छ ।  मेस्सीलाई भित्र्याउने चाहना जो सुकैको हुने भए पनि धेरै क्लबले उनका लागि चाहिने रकम भने खर्चिन नसक्ने जनाएका छन् ।

आफ्नो क्लबमा भित्रयाउने चाहना रहेपनि रकमले साथ नदिने लिभरपुलका प्रशिक्षक क्लोप्पले भनेका छन ।  उनले भने, ‘मेस्सीलाई भित्र्याउन को चाहँदैन होला ? मेस्सीलाई भित्र्याउने होडमा इंग्लिस क्लब म्यानचेस्टर सिटी अघि रहेको दाबी गरिन्छ । पेप गार्डिवला मेस्सीलाई ल्याउन हरसम्भव प्रयास गर्न तयार रहेको बताइन्छ ।

गएको मंगलबार मेस्सीले बार्सिलोनालाई क्लब छोड्न चाहेको भनि पत्र बुझाएसँगै उनको भविष्यलाई लिएर विभिन्न चर्चा हुने गरेका छन् । उनी प्रिमियर लिग क्लबमा अनुबन्धित हुने सम्भावना बलियो रहेको दाबी गरिन्छ । मेस्सीका पिता त्यसकै लागि इंग्ल्याण्ड पुगेको पनि खबर आएका थिए । तर लिग विजेता लिभरपुलले मेस्सीलाई ल्याउने होडमा आफू नरहेको स्पष्ट पारेको हो ।