शरदविक्रम राणाविरुद्ध अख्तियारमा उजुरी

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १८ : ४५
शरदविक्रम राणाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणामाथि उजुरी परेको छ ।

भ्रष्टाचारविरोधी अभियानकर्ताको रुपमा आफूलाई चिनाउने वानेश्वरकी शारदा भुषाल (झा) र गीता ढकालले यस्तो मुद्दा दर्ता गराएका हुन् । 

उनीहरुले नेपाल इन्टरमोडल यातायात विकास समितिका अध्यक्ष रहँदा विराटनगरको ट्रान्स नेपाल प्रा।लि। र वीरगञ्जको हिमालय टर्मिननल प्रा.लि.सँग गरेको पुरक करार सम्झौता गैरकानूनी भएको र यो सम्झौताले राज्यकोषको करोडौं गुमेको भन्दै त्यो सम्झौता गर्ने राणा र तात्कालिन समयमा समितिसँग आवद्ध रहेको युवक डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दामा उजुरी गरेका हुन् ।

उनीहरुले यस्तो उजुरी अख्तियारबाहेक राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदको सार्वजनिक लेखा समिति, वित्तीइ जानकारी इकाईमा समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस