एजेन्सी । संयुक्त राज्य अमेरिकामा समुद्री तुफानका कारण चारजनाको मृत्यु भएको छ । लुइजियाना राज्यमा समुद्री तुफान ‘लोरा’ का कारण तीव्र गतिको हावा चलेर रुख ढल्दा ति व्यक्तिको मृत्यु भएको हो ।
प्रतिघण्टा २४० किलोमिटरको गतिमा चलेको लोरा हावाका कारण ४ जनाको मृत्युसंगै धेरै क्षति भएको बीबीसीले उल्लेख गरेको छ । समुद्र तुफानका कारण पाँच लाख भन्दा बढी घरमा बिजुलीको आपूर्ति बन्द भएको छ भने औद्योगिक क्षेत्रमा रासायनिक पदार्थका कारण आगलागी भएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
हाल लोरा तुफानलाई ट्रपिकल स्ट्रोम ग्याटगोरीमा झारिएको छ। सो तुफान अर्कान्सास राज्य तर्फ गएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवस्थाबारे संघीय आपतकालीन व्यवस्थापन एजेन्सी )फिमा) ले ब्रिफिङ्ग गरेको छ । उनले सप्ताहन्तमा प्रभावित क्षेत्रमा जाने बताएका छन्।
लोरा तथा मार्को नाम गरेको तुफान क्यारबियन क्षेत्र भएर अमेरिका प्रवेश गरेको हो। क्यारबियन क्षेत्रमा ती तुफानका कारण २४ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध