एजेन्सी । संयुक्त राज्य अमेरिकामा समुद्री तुफानका कारण चारजनाको मृत्यु भएको छ । लुइजियाना राज्यमा समुद्री तुफान ‘लोरा’ का कारण तीव्र गतिको हावा चलेर रुख ढल्दा ति व्यक्तिको मृत्यु भएको हो ।
प्रतिघण्टा २४० किलोमिटरको गतिमा चलेको लोरा हावाका कारण ४ जनाको मृत्युसंगै धेरै क्षति भएको बीबीसीले उल्लेख गरेको छ । समुद्र तुफानका कारण पाँच लाख भन्दा बढी घरमा बिजुलीको आपूर्ति बन्द भएको छ भने औद्योगिक क्षेत्रमा रासायनिक पदार्थका कारण आगलागी भएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
हाल लोरा तुफानलाई ट्रपिकल स्ट्रोम ग्याटगोरीमा झारिएको छ। सो तुफान अर्कान्सास राज्य तर्फ गएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवस्थाबारे संघीय आपतकालीन व्यवस्थापन एजेन्सी )फिमा) ले ब्रिफिङ्ग गरेको छ । उनले सप्ताहन्तमा प्रभावित क्षेत्रमा जाने बताएका छन्।
लोरा तथा मार्को नाम गरेको तुफान क्यारबियन क्षेत्र भएर अमेरिका प्रवेश गरेको हो। क्यारबियन क्षेत्रमा ती तुफानका कारण २४ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य