सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १२ : २६
सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

काठमाडौं । हिजो (बिहीबार) को तुलनामा आज (शुक्रबार) तोलामा ७ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार ९ सय रुपैयाँ छ । बिहीबार तोलाको ९७ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलामा ९६ हजार ४ सय कायम भएको छ । बिहीबार तोलाको ९७ हजार १ सय तोकिएको थियो ।

यसैगरी चाँदी पनि तोलामा ५ रुपैयाँले झरेर १३४० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस