एजेन्सी । अफगानिस्तानमा बाढीका कारण एकै दिन एक सय दस जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु एक सय ५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटना देशका विभिन्न प्रान्तमा भएका हुन् ।
स्थानीय अधिकारीहरुका अनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने १ सय १० जना घाइते भएका छन् । टोलो न्युजले कतिपय ठाउँमा उद्धारकर्ताहरुले समेत प्रभावकारी काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको समाचार सम्प्रेषण गरेको छ ।
अर्को बढी प्रभावित देखिएको चरिकार क्षेत्रमा खटिएका एक उद्धारकर्ताले हराइरहेकाहरुको शव भेट्टाउन सकिन्छ कि भनेर गरिएको खोजी कार्य गाह्रो भइरहेको बताए ।
अधिकारीहरुका अनुसार पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरुले स्थानीय समय अनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिर विनाशकारी बाढी आएको थियो ।
त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ भने अरु दश जना घाइते भएका छन् । त्यस बाहेक हेस ए अवाल ए कोहिस्तान, हेस ए डोवोम ए कोहिस्तान, निजार्ब जिल्लालगायतका ठाउँ पनि बाढीबाट बढी प्रभावित भएका छन् । (एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ भदौ २०७७, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट