सीपीएलमा पुनः सन्दीपको उच्च प्रदर्शन : ४ ओभरमा १४ रन खर्चिदैं २ विकेट लिए

एजेन्सी

विहीबार, ११ भदौ २०७७, ०७ : ४८
सीपीएलमा पुनः सन्दीपको उच्च प्रदर्शन : ४ ओभरमा १४ रन खर्चिदैं  २ विकेट लिए

काठमाडौँ । क्यारेबियन प्रियिमर लिग (सीपीएल) मा सहभागी सन्दीप लामिछानेले आफ्नो टिमका लागि विकेट लिदैं उच्च प्रदर्शन गरेका छन् । उनी सहभागी टिम जमैका तलाबाजका लागि १४ रन खर्चिदै २ विकेट लिएर उच्च प्रदर्शन गरेका छन् । तर  टिम भने  ३६ रनले पराजित रह्यो ।

नेपाली समयअनुसार बिहीबार बिहानको खेलमा पहिले ब्याटिङ गरेको बारबाडोजले ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । त्यसमा केली मेयर्सले सर्वाधिक ८५ रन बनाए । सन्दीपले ४ ओभर बलिङ गर्ने क्रममा१६ रन दिएर २ विकेट लिए । उनको बलिङमा एक मात्र चौका प्रहार भएको थियो र १३ डट बल राख्न पनि सफल रहे । उनले रसिद खान र एस्ली नर्सको विकेट लिए ।

जवाफमा जमैकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । त्यसमा सन्दीपले ४ रनको योगदान दिए र नटआउट रहे । जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी रहेको छ भने ३ मा पराजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस