एक सातादेखि सुनको मूल्य निरन्तर घट्दै

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, १३ : २५
एक सातादेखि सुनको मूल्य निरन्तर घट्दै

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनको मूल्य निरन्तर घट्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत बुधबार प्रतितोला रु एक लाख ४०० पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ ।

आज बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३०० तोकिएको छ । 

मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० थियो । यस्तै चाँदी पनि प्रतितोला रु १० ले घटेर तोलाको रु एक हजार ३१० पुगेको छ ।

पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो । नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु पुगि छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस