काठमाडौं । शशांक कोइराला र शेखर कोइराला दाजुभाइबीच पार्टीगत सम्बन्धमा हार्दिकताभन्दा बढी प्रतिस्पर्धा छ । आसन्न पार्टी महाधिवेशनमा दुवैको दाबी सभापतिमा छ र दुवैका लागि एकरअर्का मुख्य चुनौती बनिरहेका छन् । शशांक पार्टीमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री पदमा छन् ।
उनी १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । पार्टीको पदीय मर्यादामा उनी पाँचौं स्थानमा छन् । शेखर केन्द्रीय सदस्य मात्रै हुन् । लोकप्रिय मतका साथ एक नम्बरमा उनी सदस्य निर्वाचित भएका थिए । पार्टी वरीयतामा उनी ३५ औं नम्बरमा पर्छन् ।
बीपीका कान्छा छोरा शशांक र बीपीका भाइ केशवका छोरा शेखर एकै समय केन्द्रीय तहको राजनीतिमा आइपुगेका हुन् । दुवै चिकित्सा पेसामा थिए । शशांक आँखाका वरिष्ठ विशेषज्ञ हुन् । शेखर वरिष्ठ फिजिसियन । पार्टीको केन्द्रीय कार्यसमितिमा आउनुअघि शशांक महाराजगन्जस्थित शिक्षण अस्पतालको आँखा विभागमा कार्यरत थिए । शेखर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति थिए ।
शशांकले विद्यार्थीकालदेखि खासै संघर्ष गर्नुपरेन । बीपीका कान्छा छोरा भएकाले पनि उनले कहिल्यै केहीको अभाव झेल्नुपरेन । रोजेको स्कुल पढ्न पाए । परिवारमा उनलाई पुलपुलाएर हुर्काइएको कोइराला परिवारकै सदस्यहरू बताउँछन् । बाल्यावस्थामा उनको रुचि राजनीतितिर खासै थिएन । बीपीको समेत उनलाई अब्बल चिकित्सक बनाउने सपना थियो । त्यसैले उनमा राजनीतिक आरोहअवरोहको साक्षी र अनुभव छैन ।
देश घुम्नसमेत उनले पछिल्लो कालखण्डबाट थालेका हुन् । उनी कम बोल्छन् । ०७४ को निर्वाचनपछि संसद्मा उनी तीनपटक मात्रै बोलेका छन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकमै उनी बोल्दैनन् । अघिल्लो कार्यकाल त उनले ‘ब्याकबेन्चर’ सांसद भएरै बिताए ।
बेलाबखत केन्द्रीय सदस्यहरूले नबोलेको भनेरै पार्टी बैठकमा उनको आलोचना गर्ने गर्छन् । विधि, विधान र परम्पराविपरीत सभापति शेरबहादुर देउवाले लिएका कदममा उनी मौन रहँदै आएको भन्दै संस्थापनइतर खेमाबाटै उनी बारम्बार आलोचित हुँदै आएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै