६० नियमित, २७ चार्टर उडान हुँदै

पत्रपत्रिकाबाट

बुधबार, १० भदौ २०७७, ०८ : ०५
६० नियमित, २७ चार्टर उडान हुँदै

काठमाडौं । कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले लगाएको अन्तर्राष्ट्रिय उडानको रोक भदौ १६ देखि खुला गर्ने बिहीबारको निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक महिना (सेप्टेम्बर) को उडान तालिका जारी गरेको छ ।

मन्त्रालयका अनुसार भदौ १६ देखि असोज १४ सम्म एक महिनाको अवधिमा ६० वटा नियमित र २७ वटा चार्टर उडान हुनेछन् । नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलाइन्स, टर्कीको टर्किस एयरलाइन्स, हङकङको क्याथे ड्र्यागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरी १० वटा वायुसेवालाई उनीहरूका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिइएको छ ।

त्यस्तै स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिइएको छ । हिमालय एयरलाइन्सलाई मन्त्रालयले चीनको छोङकुइन, मलेसिया र आबुधाबीमा उडानको अनुमति दिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस