केही स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, ०७ : ४८
केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभर मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा  वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बुधबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । मौसमविदका अनुसार हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फयुक्त हावाको प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस