वाणिज्य बैंकको अध्यक्षमा ईश्वर पोखरेलका सम्धी नियुक्ति हुँदै, यी हुन उपेन्द्र कोइरालाका विवादित सातौँ नियुक्ति

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, १८ : ०५
वाणिज्य बैंकको अध्यक्षमा ईश्वर पोखरेलका सम्धी नियुक्ति हुँदै, यी हुन उपेन्द्र कोइरालाका विवादित सातौँ नियुक्ति

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्तिको तयारीमा रहेका उपेन्द्र कोइराला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी भन्दै विवादमा तानिएका छन् ।

प्राज्ञिक क्षेत्रका डा । उपेन्द्र कोइरालाले प्राज्ञिकसँगै अन्य आकर्षक ठाउँमा राजनीतिक नियुक्ति पाए । तर, जहाँ–जहाँ गए उनी विवादमुक्त हुन सकेनन् । उनलाई बैंक सञ्चालक समितिको बुधबारको बैठकले अध्यक्षमा नियुक्ति गर्ने गरि त्यहाँ लगिएको स्रोतहरु बताउँछन् ।

बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा नियुक्त गरेपछि कोइराला पोखरेलको जोडबलमा सञ्चालक समिति सदस्य नियुक्त  भएलगत्तै वाणिज्य बैँकको अध्यक्ष बन्न लागेको स्रोतले दाबी गरेको छ। उनी पोखरेलका छोराको ससुरा भएको स्रोतको दाबी छ । उनलाई निकटबाट चिन्नेहरु ‘पद विना बाँच्न नसक्ने’ र ‘धरै पैसा र शक्तिको खेलोफड्को’ गरिरहने व्यक्तिका रुपमा चिन्छन् ।

यस्तो छ पोखरेलको नियुक्तिको नालीबेलीः
१. २०५१ सालको एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक । 
२. कार्यकाल सकिएलगत्तै विराटनगरको एक स्नातकोत्तर क्याम्पसको प्रमुख । 
३. २०६१ मा जबजवादी स्कुल विभागको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा आयल निगमको कार्यकारी        अध्यक्ष । 
४. निगमको कार्यकारीको कार्यकाल सकिएपछि केही समय खाली बस्नु परे पनि त्यसपछि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त । 
५. उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि राजेन्द्र खेतानको लक्ष्मी बैङ्कको अध्यक्ष । 
६. त्यसपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति । 
७. उपकुलपतिको कार्यकाल सकिएको केही महिनामै राष्ट्रिय वाणिज्य बैङ्कको सदस्य नियुक्त गरेर अध्यक्ष बनाइँदै ।

प्रतिक्रिया दिनुहोस