काठमाडौँ । सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी थालेको छ । संक्रमणको संख्या बढ्दै जाँदा कन्ट्याक्ट ट्रेसिङ पनि बढाउन पर्ने हुनाले स्वास्थ्यकर्मीहरुको अभाव हुन थालेको छ ।
स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो। कोभिड १९ को संक्रमणको त्रासले चैत महिनायता देशभरका विद्यालय बन्द छन्।
शिक्षकहरु चैतयता पढाउन पाइरहेका छैनन् । कति शिक्षकहरु यतिबेला पनि अनलाइन कक्षामा सीमित छन् । संक्रमण बढ्दै गएपछि अनलाइन कक्षा पनि प्रभावकारी हुन सकेका छैनन् ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलका अनुसार कन्ट्याक्ट ट्रेसिङमा हामीले शिक्षकहरूलाई खटाउने विषयमा शिक्षा मन्त्रालयलाई पत्र लेखेका छौं।
सरकारले निषेधाज्ञाबीच कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गराउने तयारी गरिरहेको छ। काठमाडौंमा एक साताभित्र ४० देखि ५० हजार जनाको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर परीक्षण गर्ने तयारी भैरहेको छ ।
हाल देशभर १ हजार ७५ कन्ट्याक्ट ट्रेसिङ गर्ने टोलीले काम गरिरहेको छ। तर कतिपय संक्रमित संख्या धेरै भएका ठाउँमा कन्ट्याक्ट ट्रेसिङ चुनौतीपूर्ण बनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ भदौ २०७७, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?
शिक्षा मन्त्रालय र शिक्षकबीच सहमति