वीरगञ्ज । कोरोना संक्रमणका कारण पर्सामा थप एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा जिराभवानी गाउँपालिका ४ बस्ने ६८ वर्षका पुरुष रहेका छन् ।
नारायणी कोभिड १९ अस्पताल गण्डकमा उपचाररत उनको आइतबार राती १० बजे मृत्यु भएको थियो। मुटुको समस्या र निमोनिया लगायतका समस्याबाट बिरामी उनी उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।
मृत्यु पश्चात गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो । यो सँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ भदौ २०७७, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण