चितवनका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, ०८ : ४७
चितवनका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परिक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना छन्। ति मध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन् । पुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । अन्य ६ जनाले पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका हुन् ।

यस्तै पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब दिएका रत्ननगर–५ र १० का ३६ वर्षीय पुरुष र २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरी राप्ती नगरपालिका–२ र ८ का ५८ र ४३ वर्षीय दुई पुरुष, २५ र ५१ वर्षीया दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरू राप्तीको क्वारेन्टिनमा रहेका छन्।

यसैगरि पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासीको गैँडाकोटकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले जानकारी दिइन्।
सोमबार कुल ४०५ वटा नमूनाको परीक्षण गरिएको थियो। चितवनमा कोरोना संक्रमितको कुल संख्या ३ सय ८३ पुगेक‍ो छ।

प्रतिक्रिया दिनुहोस