पोखरामा भारतबाट आएका २ जनासहित ४ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, ०८ : १२
पोखरामा भारतबाट आएका २ जनासहित ४ जनामा कोरोना संक्रमण

काठमाडौं । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा  ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

संक्रमितमा पोखरा महानगरपालिका वडा नम्बर १३ का २ जना भारतबाट  आएका हुन्  भने अन्य २ जना व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । 

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ पुगेको छ भने हालसम्म कुल संक्रमितको संख्या १८९५  रहेको छ ।

प्रतिक्रिया दिनुहोस