गायत्री अधिकारीको ‘निर्णय’ सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १४ : ३०
गायत्री अधिकारीको ‘निर्णय’ सार्वजनिक

चितवन । भरतपुर निवासी गायत्री अधिकारीको पहिलो कथासङ्ग्रह निर्णय प्रकाशित भएको छ । किताब प्रकाशन भए पनि मुलुकको अवस्था सामान्य बनेपछि मात्रै बजारमा उपलब्ध हुनेछ ।

युरेका पब्लिकेसन्सले प्रकाशन गरेको किताबमा  २३ कथा छन् । समसामयिक बिषयमा लेखिएका उनका कतिपय कथाहरू विभिन्न पत्रपत्रिकामा पूर्व प्रकाशित कथा हुन् । अधिकारी साठीको दशकदेखी साहित्य लेखनमा सक्रिय स्रस्टा हुन् । नेपाली बिषयमा स्नातकोत्तर अधिकारी भरतपुरस्थित नारायणी नमुना माविमा अध्यापन गर्छिन् ।

लेखक अधिकारीसँगसँगै समीक्षक उदय अधिकारीले आफ्नै निवास भरतपुरबाट भिडियो सार्वजनिक गर्दै पुस्तक प्रकाशन भएको जानकारी दिएका हुन् । हरितालिका तीज पर्वको अवसर पारेर विमोचन कार्यक्रम गर्ने योजना गरिए पनि विषम परिस्थितिले उक्त कार्यक्रम गर्न नसकिएको प्रकाशक युरेका पब्लिकेसनका लेखराम सापकोटाले बताए । कुल २०८ पृष्ठको किताबको मूल्य तीन सय पचास रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस