चितवन । ५ वर्षीया बालिकासहित चितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमितहरु ५ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको भरतपुर महानगरपालिकाका क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो। यससँगै चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ सय ६४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ भदौ २०७७, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण