काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खुल्ने

सफल खबर संवाददाता

आइतबार, ०७ भदौ २०७७, १८ : ३२
काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खुल्ने

काठमाडौँ । काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खुल्ने भएका छन् । 

उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज आइतबार बेसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० जनकराज दाहाल अनुसार बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको छ । औषधी पसलको हकमा भने कुनै रोकतोक गरिएको छैन ।