काठमाडौँ । देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा पछिल्लो १८ दिनमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । संक्रमण हुने प्रहरीको संख्या १ सय ५९ बाट ५ सय ८३ पुगेको छ ।
यो आँकडाअनुसार औसतमा प्रत्येक दिन २३ प्रहरी कोरोना संक्रमित भइरहेका छन् । तीव्र संक्रमणबीच प्रहरीको ड्युटी समय पनि बढेको छ ।
प्रहरीमा कोरोना संक्रमण कसरी बढ्दै छ भनेर बुझ्न झन्डै एक महिनाको पछिल्लो तथ्यांक काफी छ । साउन ११ मा कोरोना संक्रमण भएर उपचार गराइरहेका प्रहरीको संख्या २४ मात्रै थियो । आठ दिनपछि अर्थात् साउन १९ मा यो संख्या बढेर १ सय ५९ पुग्यो भने त्यसयताको १८ दिनमा अर्थात् शुक्रबारसम्म उपचाररत संक्रमित प्रहरीको संख्या ५ सय ८३ पुगेको छ ।
प्रहरीभन्दा नागरिकसँग कम सम्पर्कमा रहने भएकाले होला सशस्त्र प्रहरीमा भने कोरोना संक्रमणको दर कम देखिन्छ । साउन ११ मा देशैभरि २६ सशस्त्र प्रहरी कोरोना संक्रमण भएर उपचाररत थिए । भदौ ५ मा सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको छ । अर्थात् २६ दिनको अवधिमा औसतमा दिनहुँ ७ जनाभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ भदौ २०७७, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका