काठमाडौं । कोभिड –१९ को रोकथाम र उपचारका लागि सरकारले साउन मसान्तसम्म झण्डै १२ अर्ब खर्च गरेको छ। सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको उनले बताए। सो अन्तर्गत औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा रु चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ ।
सङ्घीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म रु पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट रु एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट रु एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ।
केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म रु दुई अर्ब ७५ करोड जम्मा भएको पनि अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ भदौ २०७७, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु