भाले बासेर निन्द्रा खल्बलिएको भन्दै छिमेकीको उजुरीपछि मालिकलाई जरिवाना तिराइयो

एजेन्सी

शुक्रबार, ०५ भदौ २०७७, १५ : २५
भाले बासेर निन्द्रा खल्बलिएको भन्दै छिमेकीको उजुरीपछि मालिकलाई जरिवाना तिराइयो

एजेन्सी । बिहान ४ बजेर ३० मिनेटमा भाले बास्नु नौलो होइन । तर इटलीमा यसरी बिहानै भाले बासेपछि निन्द्रा खल्वलिएको भन्दै प्रहरीमा उजुरी परेको छ । छिमेकीहरुल उजुरी गरेपछि भाले मालिकले बाध्य भएर २ सय डलर जरिवानातिर्नुप-यो । 

८३ वर्षीय एन्जेलो बोलेट्टी इटलीको लोम्बार्डी क्षेत्रस्थित  कास्टिरागा भिडार्डोका बासिन्दा हुन् । भाले बासेको विषयमा उजुरी परेपछि उनी जरिवाना तिर्न बाध्य भए । उनीविरुद्ध स्थानीय नियम मिचेको आरोप थियो । 

नियमअनुसार छिमेकीको घरबाट कम्तिमा १० मिटरको दूरीमा मात्रै घरेलु जनावर राख्न पाइन्छ । यस्तो आरोपमा जरिवाना तिराइएपनि खास समस्या भने कारोलिना नामक भालेले बिहानै ४ बजेर ३० मिनेट जाँदा बास्नु हो, छिमेकीहरुले यसरी भाले बास्दा आफ्नो निन्द्रा खल्वलिएको उजूरी गरेका छन् । 

‘म निशब्द छु, त्यहाँ के आवश्यकता थियो ?’ बोलेट्टीले भनेका छन् । उनले आफुलाई यसअघि दूरी कायम गर्नुपर्ने विषय थाहा नभएको पनि बताएका छन् । उनीहरुले मलाई त्यसबाहेक पहिल्यै भनेको भए हुने थियो । 

कास्टिरागाकी मेयर इम्मान पर्फेट्टीले धेरै छिमेकीहरुबाट उजूरी आएका कारण जरिवाना तिराउनुुबाहेक अर्को विकल्प स्थानीय अधिकारीहरुसँग नरहेको प्रतिक्रिया दिएकी छिन् ।

यस विषयमा छानविन गर्नका लागि स्थानीय अधिकारीहरुले प्रहरीलाई पनि खटाएका थिए । बिहानै ठ्याक्कै ४ बजेर ३० जाँदा बास्न सुरु गरेको यो भाले झन्डै ६ बजेसम्म कराइरह्यो ।  
एन्गेलो बोलिट्टीका अनुसार छिमेकीहरुको  विगत १० वर्षदेखि आफुले कारोलिनो नामक यस भालेलाई पालिरहेको बताए । छिमेकीले गुनासो गरेपछि उनले केही समय पहिले यसलाई साथीको जिम्मा पनि लगाएका थिए । 

तर उनका साथी २० दिनसम्म घुम्नका लागि बाहिर निस्किएपछि त्यस अवधिका लागि उनले फेरि भालेलाई घरमा ल्याए । भाले बासेकै अभियोगमा मालिकले जरिवाना तिर्नुपरेको यो पहिलो घटना भने होइन । यसअघि सबेरै भाले बासेको भन्दै एक फ्रेन्च परिवारविरुद्ध उनका छिमेकीहरुले पनि मुद्दा हालेका थिए ।  स्रोत : odditycentral.com