काठमाडौं । क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा सन्दीप लामिछानेले पहिलो खेलसँगै टोश्रो खेलमा पनि आफ्ना टिमका लागि विकेट लिएका छन् । उनी आवद्ध टिम जमैका तलावाजका लागि दोस्रो खेलमा पराजित भएपनि व्यक्तिगत खातामा विकेट जोडेका छन् ।
शुक्रबार बिहान सम्पन्न खेलमा जमैकालाई ट्रिनबागो नाइट राइडर्सले ७ विकेटले पराजित गरेको हो। जमैकाले दिएको एक सय ३६ रनको लक्ष्य ट्रिनिबागो नाइट राइडर्सले ११ बल अघि नै तीन विकेट गुमाएर भेट्टायो। नाइट राइडर्सका लागि सुनिल नारिनले सर्वाधिक ५३ रन बनाए।
सन्दीपले चार ओभरमा ३० रन दिएर सुनिल नारनको विकेट लिएका थिए । यस्तै जमैकाका बलर मुजीब उर रहमान र फिडेल एडवर्ड्सले पनि एक एक विकेट लिए।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको तलावाजले २० ओभरमा ९ विकेट गुमाएर एकसय ३५ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ भदौ २०७७, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा