काठमाडौँ । विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ । यीमध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टरले जनाएको छ ।
नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा ३० भन्दा बढी मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गएर उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।
गत जेठ मध्यदेखि सुरु उद्धार उडानमार्फत भदौ ३ सम्म सबैभन्दा धेरै संयुक्त अरब एमिरेट्स यूएईबाट १४ हजार ४८१ जनाको उद्धार भएको छ । त्यसपछि साउदी अरबबाट सात हजार ८१७ र मलेसियाबाट सात हजार ७९५ जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र परेकासहित छ हजार ३२९ र कतारबाट छ हजार १९१ जनाको उद्धार गरिएको समितिले जनाएको छ ।
यस्तै अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट ९४३, ओमानबाट ८११, म्यानमारबाट २६, जापानबाट एक हजार २८२, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ९६७, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलङ्काबाट पाँच र सिङ्गापुरबाट २९७ जनाको उद्धार भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ भदौ २०७७, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार
सुन्दरीजल खोलामा फसेका चार भारतीयसहित पाँचजनाको उद्धार
रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार
त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार