सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा थप ४ जनाको शव भेटिएको छ । यसँगै सो पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।
इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएको हो ।
पहिरोमा अझै १० बेपत्ता जना रहेका छन् । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी गरिरहेको छ । जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा