भारतको राष्ट्रिय झण्डा च्यात्ने युवा प्रहरी नियन्त्रणमा

एजेन्सी

विहीबार, ०४ भदौ २०७७, १४ : ४३
भारतको राष्ट्रिय झण्डा च्यात्ने युवा प्रहरी नियन्त्रणमा

रणघाट, भारत । भारतको राष्ट्रिय झण्डा च्यातेको आरोपमा भारतमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

देशको पश्चिम बंगाल राज्य अन्तर्गत पर्ने नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको छ ।

धन्तला प्रहरी चौकीका प्रहरीले बुधबार चन्चल विश्वास नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।  

भारतमा राष्ट्रिय झण्डा च्यात्ने वा नष्ट गर्ने कार्यलाई कानुन अनुसार दण्डनीय मानिन्छ । (रासस–पिटिआई)

प्रतिक्रिया दिनुहोस