क्रिकेटर सन्दीप लामिछाने सहभागी जमैका तल्लावाहजको विजयी शुरुवात

सफल खबर संवाददाता

विहीबार, ०४ भदौ २०७७, ०८ : ३५
क्रिकेटर सन्दीप लामिछाने सहभागी जमैका तल्लावाहजको विजयी शुरुवात

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी टिम जमैका तल्लावाहज क्यारेबियन प्रिमियर लिग ट्वाइन्टी–टवाइन्टी लिगमा (सिपिएल) मा  विजयी सुरुवात गरेको छ । 

बुधबार भएको खेलमा  जमैका तल्लावाहजले सेन्त लुसिया जुक्सलाई पाँच विकेटले पराजित गरेको हो । ट्रिनिडाड एण्ड टोबागोमा भइरहेको प्रतियोगितामा सन्दीप रहेको टिम जमैका तल्लावाहजले १५९ रनको लक्ष्य ७ बल बाँकी हुँदा पाँच विकेटका क्षतिमा भेट्टाएको हो । सन्दीप लामिछाने यो खेलमा एक विकेट लिए ।

ट्रिनिडाड एण्ड टोबागोमा भइरहेको प्रतियोगितामा सन्दीप रहेको टिम जमैका तल्लावाहजले १५९ रनको लक्ष्य ७ बल बाँकी हुँदा पाँच विकेटका क्षतिमा भेट्टाएको हो । जमैकाका लागि ग्लेन फिलिप्सले ४४ तथा कप्तान रोभमन पावेलले २६ रनको योगदान दिए ।

यस्तै आसिफ अलीले नटआउट ४७ रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले ७ विकेट गुमाएर १५८ रन बनाएको थियो ।