सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।
जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार पहिरो गएको थियो ।
इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आज चार वर्षीय समराज दोङको शव भेटिएसँगै कुल मृतकको संख्या २५ पुगेको हो ।
पहिरोमा अझै १४ जना बेपत्ता रहेका छन् । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध