काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, १५ : ५९
काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारको निर्देशन

फाइल फोटो

काठमाडौँ । राजधानीमा दिनहुँ कोरोना संक्रमित बढेपछि सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई आवश्यक निर्णय गरेर निषेधाज्ञा लगाउन निर्देशन दिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञाको आदेश जारी गर्न सरकारले निर्देशनसँगै अधिकार पनि दिएपछि अब ती जिल्ला प्रशासन कार्यालयहरुले आवश्यकता मूल्यांकन गरी आज राति वा भोलि बिहानबाट निषेधाज्ञा लगाउने छन् ।

निषेधाज्ञाको आदेश जारी भएपछि अत्यावश्यक नपरी घरबाहिर निस्कन पाइने छैन । 

प्रतिक्रिया दिनुहोस