सुनको मूल्य फेरि एक लाख नाघ्यो

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, ११ : ५८
सुनको मूल्य फेरि एक लाख नाघ्यो

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख रुपैयाँ पार गरेको हो । 

यसअघि सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० सम्म पुगेर घट्दै गएकोमा बुधबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर १ लाख ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदी १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस