आजको मौसम : देशभरको मौसम सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, ०७ : ४१
आजको मौसम : देशभरको मौसम सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार  देशभरको मौसम सामान्यतया बदली रही केही स्थानमा  वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण देशभर बदली भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका एक–दुई स्थानमा वर्षा समेत भइरहेको छ ।

मौसमविदले मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको हुनसक्ने जनाएका छन् । यस्तै राति देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस