नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्न

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, १४ : ५६
नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्न भएको छ । दुई पक्षको बीचमा भएको भर्चुअल बैठकमा भारतको सहयोग वा सहकार्यमा सञ्चालन भएका विकास परियोजनाहरुको विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

सन् २०१९ को जुलाईमा भएको सातौँ बैठकपछि द्विपक्षीय आर्थिक तथा विकास सहकार्यका परियोजनाहरुको बारमो समिक्षा भएको जनाइएको छ ।

भूकम्पका कारण प्रभावित भएका गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर बनाउन प्रतिवद्धतामध्ये ४६ हजार ३०१ घर निर्माण गरेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, विराटनगरमा एकीकृत चेकपोस्ट, कोभिड १९ मा भएको सहयोग लगायतका विषयमा दुवै पक्षले चर्चा गरेको बताइएको छ ।

विभिन्न परियोजनाको पक्षमा छलफल गरी त्यसलाई कार्यान्वयनका लागि दुवै पक्षले तीब्रता दिने सहमति भएको दूतावासद्धरा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । दुबै पक्षले भारत सरकारको सहयोगमा आर्थिक र विकास सहयोग परियोजनाहरु कार्यान्वयनमा भएको प्रगतिको समीक्षा गर्न पर्यवेक्षण संयन्त्रको अर्को बैठकको मिति आपसी सहमतिमा तय गर्नेछ ।

भर्चुअल बैठकलाई नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी तथा भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गर्नुभएको थियो । सो बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभागहरू र एजेन्सीका प्रतिनिधि, भारतीय दूतावासका अधिकारीहरू, परामर्शदाता र कार्यान्वयनमा संलग्न ठेकेदारहरू उपस्थित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस