काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।
नेकपाको सचिवालय बैठक सकिएपछि उनीहरुबीच भेटवार्ता सुरु भएको हो । नेकपा सचिवालय बैठक सकिएसँगै देउवा बालुवाटार पुगेका हुन् । बालुवाटारमा जारी छलफलमा ओलीसहित अर्का कार्यकारी अध्यक्ष प्रचण्ड, नेता सुवास नेम्वाङ र काँग्रेस नेता रमेश लेखकको पनि सहभागीता रहेको छ ।
देउवा संवैधानिक आयोगमा नियुक्तिका साथै समसामयिक विषयमा छलफलका लागि बालुवाटार पुगेका देउवाका सहयोगी भानु देउवाले बताए ।
संविधान बनेको ५ वर्ष हुनै लाग्दा पनि १३ संवैधानिक आयोगमध्ये १० वटामा ३९ पद रिक्त रहेको अवस्था छ । मधेसी, थारू र मुस्लिम आयोगमा अध्यक्ष मात्र नियुक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ भदौ २०७७, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली
देश बनाउने र जलाउनेबिचको लडाइँमा एमालेको जित अनिवार्य छ: अध्यक्ष ओली
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली