युएईमा थप तीन महिना आममाफी घोषणा

एजेन्सी

सोमबार, ०१ भदौ २०७७, ११ : ३४
युएईमा थप तीन महिना आममाफी घोषणा

एजेन्सी । युएईमा भिसा अवधि समाप्त भएका विदेशी नागरिकहरुको लागि युएई सरकारले थप तीन महिना आममाफी  घोषणा गरेको छ ।

गत मार्च १ भन्दा अघि सकिएका सबै प्रकारका भिसा  (टुरिस्ट र रेसिडेन्स) बाहकहरुको हकमा आज सोमबार देखि लागु हुने गरि तीन महिना थप गरिएको हो । 

युएई सरकारलाई उदृत गर्दै खालिज टाईम्सका अनुसार आगामी नोभेम्बर १७ भित्र उनीहरुले युएई छोड्नु पर्ने हुन्छ।योबीचमा कुनै पनि जरिवाना लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस