काठमाडौं। नेपाल राष्ट्र बैंकले १० वटा बैंक माथि छानविन गर्न सुपरिवेक्षण टोली परिचालन गरेको छ । सुरपरिवेक्षण गर्न लागिएको बैंकहरुले सरकारले ऋणीहरुलाई छुट दिन निर्णय गरेपनि नदिएको भन्दै उजुरी परेपछि ति बैंकहरु माथि छानविन थालिएको हो ।
राष्ट्र बैंक श्रोतका अनुसार छानविन गर्न लागिएको बैंकहरुले नीतिगत छुट कार्यान्वयन नगरी नाफा बढाएको र ब्याज तिराउन अनावश्यक दबाब सिर्जना गरेको जनाएको छ । बैंकले छानविनको क्रममा त्यस्तो बदमासी गरेको पाईए कडा कारवाही गर्ने र प्रमुख कार्यकारी अधिकृतहरुको जागिरसमेत खोसिन सक्ने जनाएको छ । राष्ट्र बैंकले नीतिगत सहुलियत कार्यान्वयन नगरी भद्रगोल पार्ने र ब्याज तिराउन अनावश्यक दिएकोमा केन्द्रित भएर छानविन गर्नेछ ।
ुहामीले बढी उजुरी परेका १० वटा बैंकमाथि छानबिन गर्न विशेष सुपरिवेक्षण टोली पठाएका छौं,'राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'आवश्यक पर्दा अरु बैंकमा पनि हामी छानबिन गर्नेछौं।' राष्ट्र बैंकले गत आर्थिक वर्ष ऋणीलाई प्रत्यक्ष फाइदा पुर्याउन ब्याजमा छुट दिएको थियो। पहिलो पटकको स्किममा, चैतमा किस्ता तिर्नेलाई ब्याजमा १० प्रतिशत छुट दिने ब्यवस्था थियो ।
राष्ट्र बैंकका अनुसार, यसमा दुई खालको ब्यवस्था छ। किस्ता मासिक र त्रैमासिक निर्धारण गरिएको हुन्छ। त्रैमासिक किस्ता तिर्नेहरुको समय माघ(फागुन र चैत निर्धारण हुन्छ। तर कतिपय बैंकहरुले माघ र फागुनकोमा १० प्रतिशत छुट दिएनन्, चैतको मात्र छुट दिए। कतिपयले त छुट नै दिएनन् ।
दोस्रो ब्याज छुटको स्किममा चैतमा कायम ब्याज दरमा २ प्रतिशत घटाउनु पर्ने ब्यवस्था थियो। यसमा पनि बैंकहरुले बदमासी गरेको राष्ट्र बैंकले फेला पारेको छ। कतिपय बैंकहरुले माग्नेलाई दुई प्रतिशत छुट दिए भने नमाग्नेले पाएनन्। कतिपयले भने एक प्रतिशत मात्र छुट दिएको पनि भेटिएको छ। केही बैंकले २ प्रतिशत घटाएर अर्को २,३ प्रतिशत प्रिमियम थपेको पनि भेटिएको श्रोतको भनाई छ ।
‘२ प्रतिशत ब्याज छुट क–कसले दिए भनेर हामीले सबै बैंकसँग रिपोर्ट माग गरेका छौं,’ सुपरिवेक्षण विभागका एक अधिकृतले भने, ‘रिपोर्टको मिहिन अध्ययन हुन्छ। त्यसपछि अर्को कदम के लिने भनेर माथिल्लो ब्यवस्थापनले निर्णय गर्छ।’ ‘केही बैंकको नियत एकदमै खराब देखिएको छ,' ती अधिकारीले भने, ‘सुपरिवेक्षणका क्रममा नियतवश बदमासी गरेको भेटिएमा प्रमुख कार्यकारीलाई नै कारवाही गरिने छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ भदौ २०७७, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै