देशभरको मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, ०८ : १३
देशभरको मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पुर्वानुमानुमान शाखाल सोमबार देशभरको मौसम सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित छ । तर बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले बदली भएको हो ।

सोमबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति भने देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसमविदहरुले अधिकांश प्रदेशको एक–दुई स्थानहरुमा वर्षाको समेत सम्भावना रहेको  बताएका छन् ।

प्रतिक्रिया दिनुहोस