१२ बालबालिकासहित १९ को शव प्राप्त, खोजी कार्य जारी

रासस

आइतबार, ३२ साउन २०७७, १९ : ५१
१२ बालबालिकासहित १९ को शव प्राप्त, खोजी कार्य जारी

काठमाडौं । नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार,  गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीयको सहयोगमा हालसम्म चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालकको शव फेला पारेको छ ।

सेनाका ४७ जनाले उक्त पहिरामा परी हराइरहेका २० व्यक्तिको खोजी कार्य अझै जारी राखेको जानकारी दिइएको छ ।  पीडित परिवारलाई तत्काल राहतका लागि सेनाले हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाललगायत अत्यावश्यक राहत सामग्री उक्त स्थानमा पु¥याइएको छ । 

प्रतिक्रिया दिनुहोस