निषेधाज्ञामा थप कडाइ गर्न वीरगञ्जमा सेना परिचालन

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, १७ : ३१
निषेधाज्ञामा थप कडाइ गर्न वीरगञ्जमा सेना परिचालन

वीरगञ्ज । निषेधज्ञाको अवज्ञा गर्न थालेपछि वीरगञ्जमा सेना परिचालन भएको छ । वीरगञ्जमा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए ।
‘निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न नेपाली सेना परिचालन गरेका हौं’ उनले भने, ‘नियन्त्रणात्मक अवस्थामा १५ दिन जति निषेधाज्ञामा कडाइ गर्न सक्यौं भने कोभिड–१९ लाई जित्न सक्छौं भन्ने हो ।’

पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ ।


 

प्रतिक्रिया दिनुहोस