सुनको मूल्यमा सामान्य गिरावट

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, ११ : ३८
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आइतबार चाँदी २३२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस