थप ४६८ जना संक्रमित भेटिए, कुल संक्रमितको संख्या २६ हजार नाघ्यो

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, १६ : २८

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । जसमध्ये  १७ हजार २०१ जना निको भएर घर फर्किएका छन् ।