नेपाल कोरिया मैत्री अस्पतालका ४ जनामा कोरोना

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, १३ : ३३
नेपाल कोरिया मैत्री अस्पतालका ४ जनामा कोरोना

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका ४ जनामा कोरोना संक्रमण भएको छ । 

अस्पतालमा कार्यरत ३ जना नर्स र १ जना पुरुष सहयोगीमा कोरिना संक्रमण पुस्टि भएको हो । ती पुरुष  भिड्भाड र पार्किङ व्यवस्थापन गर्दै आइरहेका कर्मचारी भएको अस्पतालद्दारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिको छ ।

नर्स र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएको अस्पतालले जानकारी दिएको छ ।