चितवनको टिकौली क्षेत्र सिल

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, १२ : ५९
चितवनको टिकौली क्षेत्र सिल

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९ टिकौलीका ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको छ । 

रोग फैलिन नदिन सो क्षेत्र सिल गरिएको वडाध्यक्ष रोशन आचार्यले जानकारी दिए । 

टिकौली चौकी टोलको सिंचाई गेटदेखि पश्चिम देबकी पेट्रोल पम्प जंगलसम्म, खगरी नहरदेखि उत्तर तर्फ राजमार्ग सम्मको क्षेत्रलाई संवेदनशील क्षेत्र मानी सिल गरिएको छ ।

वडा कार्यालयमा सर्वदलीय बैठक पछि जारी गरिएको सुचनामा सो क्षेत्रका बासिन्दाहरु कोही कतै हिँडडुल नगर्न, घरबाहिर नजान आग्रह गरिएको छ ।

कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनगर गरी वडा नं ९ को वडा कार्यालयको दैनिक प्रशासनिक काम समेत बन्द गरिएको छ ।