चितवन । नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । आज शनिबार बिहानैदेखि नारायणी नदीमा पानीको बहाब बढ्दै गएको छ । विगत केही दिनदेखि पहाडी जिल्लामा वर्षाभएसँगै नारायणी नदीको जलस्तर बढेको हो ।
आज बिहान ८ः५५ बजे देवघाटमा नदीको सतह ७।६ मिटर पुगेको छ । नारायणी नदी देवघाटमा ७।३ मिटर पुग्दा सतर्कताको तहमा पुगेको मानिन्छ । यस्तै उक्त ठाउँमा नदीको सतह ८ मिटर पुग्दा खतरा मानिन्छ । यस्तै नारायणगढ क्षेत्रमा पानीको सतह ११।४ मिटर पुगेको छ । यस क्षेत्रमा ११ मिटर सतहलाई सतर्कता तह मानिएको छ ।
जलसतहले सतर्कताको तह पार गरेकोले चितवन र नवलपरासीको नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन चितवन जिल्ला प्रशासनले आग्रह गरेको छ ।
नदीको सतह बढ्दो क्रममा रहेकाले नदी किनारमा माछा, मार्ने, दाउरा टिप्ने जस्ता कार्य नगर्न प्रशासनले भनेको छ । नदीको सतह बढेसँगै नदी किनारमा हेर्ने, सेल्फी फोटो÷भिडियो खिच्ने जस्ता कार्य गर्दा समेत होसियारी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०७७, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
नारायणी नदीले खतराको तह पार गर्यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार