अब आधा घण्टामै कोरोनाको रिपोर्ट

पत्रपत्रिकाबाट

शनिबार, ३१ साउन २०७७, ०६ : ४५
अब आधा घण्टामै कोरोनाको रिपोर्ट

काठमाडौं । कोरोना परीक्षणका लागि दिएको स्वाब नतिजा आधा घण्टामै आउने गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार नयाँ मेसिन जडान गरिएको छ । 

कोरोना संक्रमण भए ४५ मिनेट र नभए ३० मिनेटमा मेसिनले नतिजा दिनेछ । प्रतिघण्टा ४ वटा स्वाबका नमुना परीक्षण गर्न सक्ने मेसिनको क्षमता छ । यस्तो परीक्षण एचआईभी संक्रमित, क्षयरोगी र आकस्मिक बिरामी लक्षित रहेको अस्पतालले जनाएको छ । अस्पतालले परीक्षण सेवा निःशुल्क गरेको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र खनालले आकस्मिक रूपमा कोरोना पोजिटिभ छ छैन भनेर पत्ता लगाउन ‘एक्सपर्ट एक्सप्रेस सार्स कोभ टू’ मेसिन जडान गरिएको बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस