काठमाडौं उपत्याकामा दिनहुँ थपिँदै कोरोना संक्रमित, एकैदिन ११९ जनामा पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, १६ : ४२
काठमाडौं उपत्याकामा दिनहुँ थपिँदै कोरोना संक्रमित, एकैदिन ११९ जनामा पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

उनका अनुसार काठमाडौं जिल्लाका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना रहेका छन् ।

यस्तै आज नेपालमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २४० जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । जसमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन् । यस्तै आज ४ जनासहित मृत्यु हुने कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।