थप ५९४ जना संक्रमित भेटिए, कुल संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, १६ : २५

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१पुगेको छ । जसमध्ये  १७ हजार ७७ जना निको भएर घर फर्किएका छन् ।