चितवनमा थप ६ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, १६ : २४
चितवनमा थप ६ जना कोरोना संक्रमित

चितवन । चितवनमा आज थप ६ जना कोरोना भाइरस संक्रमित भएका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज एक सय जनाको नमुना परीक्षण भएको थियो ।

संक्रमण पुष्टि हुनेमा पाँच जना महिला र १ जना पुरुष रहेका छन् । संक्रमितहरु २५ देखि ५२ वर्ष उमेरका हुन् । संक्रमित चार जना अस्पतालमा कार्यरत कर्मचारी हुन् । दुई जना अस्पताल बाहिरका छन्।  एक जना नर्स हुन् ।