चितवनमा थप १२  जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, ०७ : ५९
चितवनमा थप १२  जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप  १२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका ९ जनामा कोरोना पुष्टि भएको हो भने  राप्ती नगरपालिकाका एक महिला रत्ननगर नगरपलिका एक महिला र खैरहनी नगरपालिका एक पुरुषमा कोरोना संक्रमण पुष्टि हो ।

यस्तै  नवलपुरका २८ बर्षिया पुरुष, सर्लाहीका ४५ बर्षिया पुरुष, मकवानपुरकी २२ बर्षिया महिला, तनहुँकी २२ बर्षिया महिला पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १  सय ३० वटा नमुनाको परीक्षणमा चितवनका  १२ जनासहित १६  कोरोना पोजेटिभ देखिएको हो ।