कोरोना अपडेट : २४ घण्टामा संक्रमित ५२५, निको हुने १०९ र मृत्यु हुने ४

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, १६ : ४२

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९५ पुगेको छ । यस्तै आज थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०९ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । जसमध्ये १६ हजार ८३७ जना निको भएर घर फर्किएका छन् ।