आजबाट काठमाडौं आवतजावत बन्द

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, १४ : २२
आजबाट काठमाडौं आवतजावत बन्द

काठमाडौं । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार यस्तो निर्णय गरिएको  जनाएको छ । अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन । 

गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन् ।