आजको मौसम : केही स्थानमा पानी पर्ने सम्भावना

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, ०८ : ०३
आजको मौसम : केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभरको मौसम  सामन्यतया बदली हुनुका साथै केही स्थानमा वर्षा हुने जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेकाले मौसम बदली भएको हो । यस्तै देशका धेरै स्थानमा वर्षा हुने पनि महाशाखाले जनाएको छ ।

अहिले देशभर समान्य बदली रही प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत हुनेछ । यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस